प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

आगलागीमा परी दुई महिलाको मृत्यु

२०८० कार्तिक २५, शनिबार १८:४० बजे

झापा – झापा र भोजपुरमा आगलागीमा परी दुई महिलाको मृत्यु भएको छ। झापाको अर्जुनधारा नगरपालिका-१० बस्ने ७५ वर्षीया दिलकुमारी राईको घरमा बिहीबार राति आगलागी हुँदा आगोले जलेर उनको घटनास्थलमै मृत्यु भएको हो।

आगलागीमा परी उनका पति ७३ वर्षीय शिव कुमार राई घाइते भएका छन्। उनलाई बीएण्डसी अस्पताल बिर्तामोड हुँदै थप उपचारको लागि शनिश्चरे अस्पताल शनिश्चरे पठाइएको छ। आगलागीबाट घर पूर्णरुपमा जलेर करिब ७५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीको भनाइ छ।