हेटौंडा – धादिङको धुनिबेशी नगरपालिका ९ ढलानमा सोमबार बिहानै ट्रकले किच्दा गम्भिर घाईते भएका परिचालकको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा भारतिय नागरिक १७ वर्षिय संजीव गौतम रहेका छन् ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा काठमाण्डौको कलंकी स्थित नेशनल अस्पतालमा बिहान ८ बजे मृत्यु भएको हो । आज बिहानै साढे ३ बजे भारतिय नम्बरको ट्रकले उकालोमा लोड तान्न नसकि पछाडि हट्दा ट्रकमा ओट राख्ने क्रममा परिचालक गौतमलाई किचेको थियो । ट्रक सहित चालक नियन्त्रणमा रहेको अस्थायी प्रहरी पोष्ट खत्रीपौवा धादिङले जानकारी दिएको छ ।