प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भतिजाले कोदालोले टाउकोमा हान्दा काका ठहरै

२०८० मंसिर १८, सोमबार १९:३५ बजे

हेटौंडा – सामान्य विवादकै बिषयलाई लिएर बाग्लुङमा एक युवकले आफ्नै काकाको हत्या गरेका छन् । बाग्लुङको बडीगाड गाउँपालिका–१० चैते बस्ने ३३ वर्षीय हिरालाल बिकले आफ्नै काका ४० वर्षीय लालमन बिकको हत्या गरेका हुन् ।

हिरालालले आइतबार राति सामान्य विवाद हुँदा कोदालोले टाउकोमा प्रहार गर्दा लालमानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय भिमगिठ्ठे र ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले सोमबार बिहान हत्यामा संलग्न हिरालाललाई पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।