प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

टुक्रा-टुक्रा पारेको अवस्थामा एक किशोरको शव फेला

२०८० पौष १८, बुधबार ०७:५९ बजे

दोलखा – दोलखामा एक किशोर मृत फेला परेका छन् । दोलखाको शैलुङ गाउँपालिका–४ मागापौवाका १८ वर्षीय भीष्म भण्डारी आज शैलुङ–५ काटाकुटीस्थित बजिनी खोलामा मृत भेटिएका हुन् ।

भण्डारीको शव टुक्रा टुक्रा पारिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जिवन श्रेष्ठले जानकारी दिए । शरिरको विभिन्न भागमा घाउ भएकाले उनको हत्या गरिएको हुनसक्ने उनले बताए ।

घटनास्थल नजिकै रगत लागेको अवस्थामा भण्डारीको चश्मा फेला परेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।