काठमाडौं – जावलाखेलले अफ्रिकी फरवार्ड एनकोटो स्यानोउस मासोआबीलाई अनुबन्ध गरेको छ । जावलाखेलले सहिद स्मारक ए डिभिजन लिगका लागि फरवार्ड मासोआबीलाई अनुबन्ध गरेको हो ।
जावलाखेलले मंगलबार सामाजिक संजालबाट मासोआबीलाई अनुबन्ध गरिएको जनाएको छ । मासोआबी अफ्रिकी राष्ट्र लेसोथोको राष्ट्रिय टिमका फरवार्ड हुन् । मासोआबीले लेसोथोका लागि ३१ खेलमा २० गोल गरेका छन् ।