हेटौंडा – मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुस्ता गाउँपालिका– २ सतपत्तीमा लु २२ प ३६७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा सरावल गाउँपालिका १ सालबासका ५३ वर्षिय ओमनाथ फौहदारको मृत्यु भएको हो ।
उनको चौपत्ता स्थित शहिद स्मृती सामुदायीक अस्पतालमा उपचारको क्रममा आजै बिहान ४ बजे मृत्यु भएको हो । मंगलबार बिहान ३ बजे ओमनाथले चलाएको लु २२ प ३६७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ साँगुरोपुलबाट तल खसेको प्रहरी चौकी कुडियाले जानकारी दिएको छ ।