प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाबाट प्याज सहित दुई जना पक्राउ

२०८१ असार २८, बिहीबार ०७:४० बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ पिपलबोट चेक प्वाइन्टबाट बिल बिजक नभएको २८ बोरा प्याज सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भिमफेदी गाउँपालिका–१ बस्ने बर्ष २९ को सोमलाल घलान र प्याज साहु हेटौडा–५ बस्ने बर्ष ७१ का कुमार बहादुर संजेल रहेका छन् ।

पुर्वपश्चिम सडकखण्डमा पथलैयाबाट हेटौडातर्फ आउदै गरेको ना.३ च ५१६७ नम्बरको पिकअप गाडिलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त पिकअपमा बिल बिजक नभएको २८ बोरा (१२०० किलो) प्याज सहित दुई जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घलान र संजेललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको प्रहरीले जनाएको छ ।