प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बागमतीमा धान दिवसका दिनसम्म २०.५८% मात्र रोपाइँ सम्पन्न

२०८२ असार १५, आईतबार १७:४५ बजे
मकवानपुर । असार आधाआधी बित्दा २०.५८% मात्र रोपाइँ भएको छ । बागमती प्रदेशमा धान रोपाइँ तीव्र रूपमा अघि बढिरहेको छ।
 
यो बर्ष प्रदेशभर १ लाख २० हजार २ सय ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको छ। तर हालसम्म मात्र २४ हजार ७ सय ४३ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको कृषि मन्त्रालयले जनाएको छ।
 
यो सङ्ख्या अनुसार, कुल क्षेत्रफलको २०.५८% मात्रै रोपाइँ सकिएको छ। बाँकी क्षेत्रहरूमा निरन्तर वर्षाको आशामा किसानहरू तयारी अवस्थामा रहेको बताइएको छ। 

आइतबार मुलुकभर धान दिवस मनाइरहँदा सरकारले १३ असार सम्ममा १५.६ प्रतिशत रोपाइँ सकिएको आकडा सार्वजनिक गरेको छ ।

यो गत बर्षभन्दा थोरै कम हो । अघिल्लो बर्ष १४ असार २०८१ सम्ममा १७.२ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो ।