हेटौंडा – धनुषाको सबैला नगरपालिका १२ बरकुर्वामा पाँच जना सवार मोटरसाइलक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाईकलमा सवार सबैला नगरपालिका २ का १२ वर्षीय लक्ष्मि यादव, सोही ठाँउका १२ वर्षकै बौका यादव, १४ वर्षीय समित यादव र १५ वर्षीय राहुल यादव रहेका छन् । उनीहरुलाई उपचारको लागि जनकपुर स्थित प्रादेशिक अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
घाइते १९ वर्षीय सुरेन्द्र यादवको सोही अस्पतालमा उपचार भईरहेको छ । सोमबार बेलुका ५ जना सवार ज ६ प ६७ ३९ नम्बरको मोटरसाईकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।