प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

अटो दुर्घटना हुँदा सात जना घाइते

२०८० आश्विन २८, आईतबार १९:०० बजे

रुकुमपश्चिम – रुकुमपश्चिमको मुसिकोट नगरपालिका-३ मा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

मुसीकोट नगरपालिका–१ खलङ्गाबाट मुसीकोट नगरपालिका–१३ छिवाङतर्फ जाँदै गरेको रा१ह ६९५२ नम्बरको अटो दुर्घटना भएको हो। दुर्घटनामा भूमि आयोग रुकुमपश्चिमका विज्ञ सदस्य सुशील विष्टसहित सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

घाइते हुनेहरूमा मुसिकोट नगरपालिका–१ का ५० वर्षीय एक्क बहादुर बुढा र २८ वर्षीय राम बहादुर ददेल, मुसिकोट नगरपालिका–५ का ४८ वर्षीय चन्द्र बहादुर बोहरा, मुसिकोट नगरपालिका–१४ का विशाल विष्ट र कपिल विष्ट र रुकुम पूर्वको भूमे गाउँपालिका–५ का दिलीप बिक रहेका छन्।

घाइते मध्य विज्ञ सदस्य विष्टको आँखा, टाउको र घुँडामा चोट लागेको छ। उनी र उनका भाइ कपिल विष्टलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ। अन्य घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ।