हेटौंडा – साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिको अहिले नेपालले बंगलादेशसंग प्रतिस्पर्धा गरिरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफको खेल सकिँदा बंगलादेशले दुई गोलको अग्रता बनाएको छ।
बंगलादेशले खेलको १४ औं मिनेटमा शामसुनाहरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । त्यस्तै खेलको ४२ औं मिनेटमा श्रीमोती सरकारले गोल गर्दै बंगलादेशलाई २–० को अग्रता दिलाइन् ।
नेपालले आक्रमणको राम्रो अवसरहरु पाएपनि गोल गर्न सकेन।