प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सुनको भाउ बढ्यो

२०७९ कार्तिक १६, बुधबार ०६:३२ बजे

काठमाडौं – नेपाली बजारमा सुनको भाउ बुधबार तोलामा ५०० रुपैयाँ बढेको छ । छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर ९३ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार १०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, मंगलबार छापावाल सुन तोलाको ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो । यता, बुधबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर २१ सय २५ रुपैयाँ कायम भएको छ । मंगलबार भने चाँदीको भाउ प्रतितोला १२ सय १५ रुपैयाँ कायम रहेको थियो ।