प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बालिका बलात्कारको आरोपमा थापा पक्राउ

२०७९ फाल्गुन १७, बुधबार ०४:३७ बजे

भक्तपुर – आफनै डेराकोठामा बस्ने १७ वर्षीया बालिकामाथि जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीमा डेराकोठामा वस्ने दोलखा मेलुग गाउँंपालिका–५ घर भएका २३ वर्षीय जय भन्ने श्री थापालाई पक्राउ गरेको हो ।

पीडितका आफन्तले दिएको जाहेरी दरखास्तका आधारमा उनलाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । उनले फागुन ७ गते बलात्कार गरेको आरोप रहेको परिसरका सूचना अधिकारी कुमारप्रसाद मैनालीले जनाए ।

मध्यपुर थिमि नगरपालिका वडा नं ६ पुरानो थिमिबाट नियन्त्रणमा लिई जबरजस्ती करणी कसुरमा जिल्ला अदालत भक्तपुरमा पेश गरेको र अदालतले ६ दिन म्यान थप गरी प्रहरी र्वत थिमि भक्तपुरमा राखिएको छ ।