प्रहर खबर
 २०८३ कार्तिक ८, शनिवार    

ससुराली आएका तामाङ मृत भेटिए

२०७९ असार ३, शुक्रबार ११:१४ बजे

हेटौंडा – ससुराली आएका ४५ वर्षीय एकबहादुर तामाङ मृत अवस्थामा भेटिएका छन् । नुवाकोट ककनी गाउँपालिका–८ मात्रागाउँका तामाङ बेलकोटगढी नगरपालिका वडा नं ८ काशीटारमा हात बाँधिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

सदरमुकाम विदुरदेखि २० किलोमिटर दुरीको बेलकोटगढी नगरपालिका ८ काशीटारमा हात बाँधिएको अवस्थामा मृत भेटिएको नुवाकोट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

परिवारले तामाङको हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । परिवारले दिएको किटानी जाहेरीपछि अनुसन्धानका लागि मृतकका सुसराली पक्षका केही व्यक्तिलाई पक्राउ गरिएको खड्काले बताए । मृतक युवक बुधबारमात्रै ससुराली आएका थिए ।