प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

टि २० सिरिजः हङकङबिरूद्द मैदानमा उत्रदैँ नेपाल

२०८० कार्तिक २, बिहीबार ०८:३० बजे

काठमाडौं – आज नेपाल र हङकङ बिचमा प्रतिस्पर्धा हुदैँछ । टी २० आई त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा आज नेपाल हङकङ बिरूद्द मैदानमा उत्रदैँछ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा सो खेल हुनेछ । सो खेल बिहान ११ बजे सुरु हुदैँछ ।पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको नेपाल दोस्रो खेलका लागि हङकङसँग प्रतिस्पर्धामा उत्रन लागेको हो ।

आईसीसी विश्वकप टी २० एसिया छनोटको तयारीका लागि नेपालले यो खेल खेलिरहेको हो ।टी २० आई सिरिजका पछिल्ला ५ खेलमा मध्ये ४ खेलमा जित हासिल गरेको नेपालले अहिलसम्म एक खेलमा मात्रै पराजय भोग्नु परेको छ ।