हेटौंडा – कैलालीको गोदावरी नगरपालिका ६ लालपुर स्थित पूर्व पश्चिम सडकखण्डमा गएराती मोटरसाईकल अनियन्त्रित भई पल्टिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुराको सपट्टा १ का ३७ वर्षीय हिक्मत बहादुर रावल रहेका छन् ।
दुर्घटनामा गम्भीर घाईते भएका रावलको उपचारको क्रममा सेती प्रादेशीक अस्पताल धनगढीमा गएराती ११ बजे मृत्यु भएको हो । सुदुर पश्चिम प्रदेश ०१–०१० प ९६०३ नम्बरको मोटरसाईकल गए राती साढे १० बजे अनियन्त्रीत भई दुर्घटना भएको अस्थायी प्रहरी पोष्ट श्रीपुर कैलालीले जनाएको छ ।