काठमाडौँ – ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल ट्याम्पो पार्कस्थित सडकमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बा.८३ प ५२६७ नम्बरको मोटरसाइकल र बा.५६ प ५०६५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक खोटाङ साकेला गाउँपालिका घर भई ललितपुर लुभु बस्ने २६ वर्षीय लकेश राई र स्कुटर चालक काठमाडौँ साँखु घर भएका २१ वर्षीय आयुष श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक लकेशको बिएण्डबि अस्पताल ग्वार्कोमा र स्कुटर चालक आयुषको किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।