हेटौंडा – अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित चितवनबाट एक जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–१७ गाजीपुर बस्ने ३० वर्षीय धिराज लामालाई प्रहरीले पक्राउ गरेको हो ।
लामाले आफ्नै घरमा लागूऔषध बेचबिखन गर्ने गरेको भन्ने सूचना प्रहरीले पाएको थियो । ईलाका प्रहरी कार्यालय फुलबारीबाट खटिएको प्रहरीले शुक्रबार बिहान लामाको घर तलासी गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।