हेटौंडा – काभ्रे पाँचखाल नगरपालिका–४ पाँचखालमा टिपर दुर्घघटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टिपर चालक रामेछाप दोरम्बा गाउँपालिका-१ बस्ने वर्ष ३८ को मियौ लामा रहेका छन् ।
बा २ क ३७६९ नम्बरको खाली टिफर र बिपरीत दिशाबाट आउदै गरेको बा.प्र.०१–००४ क १४७८ नम्बरको लोड टिफर एकआपसमा ठक्कर खादा बा २ क ३७६९ नम्बरको टिफर चालक लामा घाइते भएका थिए । उनको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीेले जनाएको छ ।