प्रहर खबर
 २०८३ जेष्ठ २२, शुक्रवार    

फागुन १ गते सार्वजनिक बिदा

२०७९ माघ २५, बुधबार ०२:५२ बजे

काठमाडौं - कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशमा फागुन १ मा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

जनयुद्ध सुरु भएको दिनको सम्झनामा माओवादीले फागुन १ गतेलाई दिवसका रुपमा मनाउँदै आएको छ । बैठकले चालु आर्थिक वर्षको असार मसान्तभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी मन्त्रालय र मातहतमा रहने संरचना र दरबन्दीका निर्क्यौल भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयले गर्ने निर्णय भएको छ ।

यस्तै प्रदेशमा कार्यरत प्रदेश सचिवहरूले साबिकको कार्य जिम्मेवारी अनुसार कार्यक्षेत्रमा कामकाज गर्ने र एक अर्काको अनुपस्थितिमा एकले अर्काको कार्यसम्पादन गर्ने निर्णय भएको छ ।