मंगलबार बिहान ३ बजेदेखि सुरु भएको उद्धार ६ बजेभित्र सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । जसमा ५० जना नेपाली नागरिक रहेका अहिले साँझ एक सूचना जारी गर्दै प्रशासनले जानकारी गराएको हो ।
त्यस्तै नेपाल चीन जोड्ने मितेरी पुल पूर्ण रूपमा बाढीले बगाएको, सामानसहित २३ वटा कन्टेनर बगाएको छ । त्यस्तै ३५ वटा ईभी गाडी र ६ वटा सिनो ट्रक बगाएको सूचनामार्फत जनाइएको हो ।
साथै २० जना मानिस सम्पर्कविहीन भएका सूचनामा जनाइएको छ ।