काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष ०७९/०८० मा पुष्पलाल मध्यपहाडी लोकमार्गका लागि ९ अर्ब ३३ करोड र काठमाडौं–तराई द्रुतमार्ग निर्माणका लागि ३० अर्ब ७ करोड विनियोजन गरेको छ ।
आईतबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मध्यपहाडी लोकमार्ग र काठमाडौं–तराई द्रुतमार्ग निर्माणका लागि प्राथमिकता दिइएको जानकारी दिए ।