काठमाडौं – कपिलवस्तु र गुल्मीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–६ पिरी बस्ने ७ वर्षीया रिजवन महमदको चट्याङ लागेर मृत्यु भएको छ । चट्याङ पर्दा गम्भीर घाइते भएका रिजवानको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएका सोही ठाउँ बस्ने ३० वर्षीय नुरमहमद लगायत ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै गुल्मी जिल्लाको मदाने गाउँपालिका–४ म्यालपोखरी बस्ने ४५ वर्षीया राधिका भट्टराईको पनि चट्याङ लागेर मृत्यु भएको छ । गोठमा गाईबस्तुलाई घाँसपात गर्ने क्रममा चट्याङ् लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।