काठमाडौं – त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंसिर २४ गतेदेखि हुने यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपका लागि एसिया रग्बीका अध्यक्ष कायस अल धलाइ नेपाल आएका छन् ।
एसिया रग्बीका सदस्य समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल रग्बी संघका कार्यवाहक अध्यक्ष दिपक देवकोटा, महासचिव चेतनराज गिरी, सचिव एवं प्रवक्ता गोविन्द घिमिरे लगायतले अध्यक्ष कायसलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
दुईदिने प्रतियोगिता एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा हुन गइरहेको छ । नेपाली रग्बीको इतिहासमा पहिलो पटक नेपालमा अन्तर्राष्ट्रिय रग्बी हुन लागेको हो ।