काठमाडौं – जंगली च्याउको तरकारी खाँदा दाङमा आमाछोरा बिरामी परेका छन् । बिरामी हुनेमा बंगलाचुली गाउँपालिका वडा नम्बर– १ स्यूजाकी ३८ वर्षीया यमाकुमारी कवर वली र उहाँका १२ वर्षीय छोरा यकिन वली रहेका रहेका छन् ।
बिरामीलाई प्रास्यूजा अस्पतालमा प्राथामिक उपचारपछि थप उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको बताईएको छ । दुई जनाले शुक्रबार बिहानको खानामा च्याउ खाएको र खानापछि पेट दुख्ने समस्या देखिएपछि स्वास्थ्य संस्था ल्याइएको आफन्तले जनाएका छन् ।