प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भिनिसियस बने उत्कृष्ट खेलाडी

२०८१ जेठ २१, सोमबार १९:४५ बजे

काठमाडौँ – रियल म्याड्रिडबाट खेल्ने ब्राजिलियन फरवार्ड भिनिसियस जुनियर यस सिजनको च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडी बनेका छन् ।

युइएफएको प्राविधिक समितिले भिनिसियस जुनियरलाई यस सिजनको च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडी घोषणा गरेको हो ।

भिनिसियसले यस सिजनको च्याम्पियन्स लिगमा फाइनलमा सहित कुल ६ गोल गरेका थिए भने ५ गोल असिस्ट गरेका थिए ।

२३ बर्षिय भिनिसियसले यस सिजनको ला लिगामा पनि २६ खेलमा १५ गोल गरेका थिए ।

त्यस्तै रियल म्याड्रिडकै इङल्याण्डका जुड बेलीङघम यस सिजनको उत्कृष्ट युवा खेलाडी बनेका छन् ।