प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

साताको अन्तिम दिन आज कतिमा कारोबार हुँदैछ सनचाँदी, हेर्नुहोस् !

२०७९ भाद्र ३, शुक्रबार ०७:१८ बजे

काठमाडौं – नेपाली बजारमा साताको अन्तिम दिन आज (शुक्रबार) पहेँलो धातु (सुन)को मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ।

शुक्रबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको महासंघले जनाएको छ। यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ कायम भएको छ।

यसअघि बिहीबार भने छापावाल सुन प्रतितोला ९५ हजार ९०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। यस्तै, तेजाबी सुन ९५ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

तोलामा १० रुपैयाँ घटेर शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार १८५ रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार भने चाँदी प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार भएको थियो।