प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

केदारनाथ मन्दिरनजिकै हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु

२०७९ कार्तिक १, मंगलबार ०७:३७ बजे

काठमाडौं – उत्तराखण्डको केदारनाथ धाममा हेलिकप्टर दुर्घटना भएको छ । केदारनाथबाट २ किलोमिटर टाढा गरुडछट्टीमा हेलिकप्टर दुर्घटना भएको हो ।

समाचार एजेन्सी एएनआईका अनुसार हेलिकप्टर दुर्घटना ६ जनाको मृत्यु भएको छ । एएनआईले मुख्यमन्त्रीका विशेष प्रमुख सचिव अभिनव कुमारको हबला दिदै ५ जनाको मृत्यु भएको जनाएको हो ।

उद्धार टोली घटनास्थलमा पुग्ने प्रयास गरिरहेको एएनआईले जनाएको छ । मिडिया रिपोर्टमा खराब मौसमका कारण यो दुर्घटना भएको बताइएको छ । तर, अहिलेसम्म आधिकारिक पुष्टि भने भएको छैन ।

मिडिया रिपोर्टले हेलिकप्टर निजी कम्पनीको रहेको र जहाँ ५ जना यात्रु सवारको जनाएको छ । धेरै मिडिया रिपोर्टमा प्रत्यक्षदर्शीहरूले ठूलो विस्फोटको आवाज आएपछि स्थानीयले अधिकारीहरूलाई खबर गरेको बताइएको छ ।