काठमाडौँ – सरकारले युद्धग्रस्त मुलुकहरू रसिया र युक्रेनमा नेपाली नागरिकलाई श्रम स्वीकृति दिन रोक लगाएको छ । वैदेशिक रोजगार विभागले क सूचना जारी गर्दै दुवै देशमा व्यक्तिगत तथा संस्थागत रूपमा श्रम स्वीकृति दिन रोक लगाएको हो ।
नेपाली नागरिकहरू रसिया जाँदा हुनसक्ने थप क्षतिलाई न्यूनीकरण गर्न र यस विषयलाई मध्यनजर गर्दै हाललाई अर्को व्यवस्था नभएसम्म रसिया र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरिएको विभागले जनाएको छ ।
रसिया–युक्रेनबिच युद्ध चलिरहेको बेला धेरै नेपालीहरू रुसी सेनामा भर्ना भइरहेका छन् । युद्धको क्रममा रुसी सेनामा कार्यरत १० जना नेपालीले ज्यान गुमाइसकेका छन् । केही नेपाली घाइते भएका छन् भने केही सम्पर्कविहीन बनेका छन् ।