प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

दुम्सी मार्न बोकेर हिँडेको बन्दुक पड्किएर एक जनाको मृत्यु

२०८० मंसिर २४, आईतबार १४:४५ बजे

बुटवल – पाल्पामा भरूवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ। निस्दी गाउँपालिका वडा नम्बर ४ मित्याल गाङसिङ डाँडाका ४८ वर्षीय डम्मरबहादुर सारुको भरूवा बन्दुक पड्किँदा छर्रा लागेर मृत्यु भएको हो।

फापर खान बारीमा आएका दुम्सी मार्न जाने क्रममा सारू लडेका थिए। बन्दुकको छर्रा लागेर घाइते भएका सारुको रामपुर अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट एकनाले भरुवा बन्दुक एक थान र झोला बरामद गरेको छ। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।