काभ्रे – नेपाली काङ्ग्रेसका नेता शिव हुमागाईले टिकट पाएपछि खुसी हुँदै भुईमा लम्पसार परेर ढोकेका छ्न्। काभ्रे २ बाट हुमागाईंले टिकट पाएपछि काभ्रेको माटोलाई ढोगेका हुन् ।
आफ्नो पार्टीका शुभचिन्तकहरुको माझमा हुमागाईले माटोलाई ढोगेका हुन्। काभ्रेमा काङ्ग्रेसलाई मजबुत बनाउनको लागि निरन्तर लागिरहेको हुमागाईले टिकट पाएपछि सबै कार्यकर्ताहरुले बधाई दिएका छन् ।
उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । हुमागाईले यसपटक कृष्ण सिटौलाको पावर लगाएर केन्द्रीय सदस्य मधु आचार्यको टिकट खोस्न सफल भएका छन् । यस क्षेत्रमा एमालेको तर्फबाट गोकुल बाँस्कोटा उम्मेदवार छन् ।
२०५६ सालमा काभ्रेमा चार ओटा निर्वाचन क्षेत्रमा कम्युनिस्टको लाल किल्ला तोड्दै काभ्रे क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । उनी २०५२ साल फागुनमा पहिलो पटक काङ्ग्रेस जिल्ला सभापतिमा निर्वाचित भएका थिए। रिकेश बिश्वकर्मा