प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हँसिया प्रहार गरी श्रीमतीको हत्या

२०७९ मंसिर २१, बुधबार १२:१८ बजे

हेटौंडा – सुर्खेतमा आफ्नै श्रीमती हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । आफ्नै श्रीमती ३० वर्षीया मिना आले मगरलाई धारिलो हतियार हँसिया प्रहार गरी हत्या गरेको अभियोगमा पञ्चपुरी नगरपालिका–३ तोक्मा बस्ने ३८ वर्षीय अम्मर बहादुर आले मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

घरायसी वादविवादमा अम्मर बहादुरले हँसिया प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । खबर प्राप्त हुनासाथ प्रहरी चौकी सालकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।