प्रहर खबर
 २०८३ कार्तिक ६, बिहीवार    

ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०७९ जेठ १७, मंगलबार ०२:५८ बजे

हेटौंडा – ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका ७ जौबारीमा गएराति ५५ वर्षीय महोमद हनिकको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा बहादुरगञ्ज स्थित शिबराज अस्पतालमा मृत्यु भएको हो । पैदल हिडिरहेका उनलाई सोमबार बेलुकी ७ बजे ना २ क ८१८ नम्बरको पानी ट्याङकरले ठक्कर दिएको थियो । ट्याङकर सहित चालकलाई ईलाका प्रहरी कार्यालय बहादुरगञ्जले नियन्त्रणमा लिएको छ ।