प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

रवि लामिछानेसंग चुनाव लडेका युवा लागुऔषध सहित पक्राउ

२०८० असार १३, बुधबार ०३:३६ बजे

हेटौंडा – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसंग प्रतिनिधिसभा सदस्यमा चुनावमा उत्रिएर भाइरल भएका सुवास परियार लागुऔषध सहित पक्राउ परेका छन् ।

वडा प्रहरी कार्यालय नारायणगढ चितवनबाट खटिएको प्रहरी टोलीले नारायणगढ क्षेत्रबाट सोमबार परियारलाई पक्राउ गरेको हो साथबाट डाईजेपाम–७ एम्पुल, नुर्फिन–९ एम्पुल, फिनार्गन–११ एम्पुल लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।

कावासोती नगरपालिका वडा नं.२ घर भई भरतपुर महानगरपालिका–२ मा बस्ने उनी चितवन २ को उप निर्वाचनमा डोजर चुनाव चिन्हबाट चुनाव लडेका थिए । उनले १२ मत प्राप्त गरेका थिए ।सामाजिक सञ्जालमा आफ्नै परिवारको सदस्यले भोट नहालेको भन्दै बोलेको उनको भिडियो भाइरल भएको थियो । 

उनीसंगै गोरखा गोरखा नगरपालिका वडा नं.४ बस्ने २० वर्षीय सन्त बहादुर अधिकारीलाई नुर्फिन २८ एम्पुल, डाइजेपाम २८ एम्पुल, फेनारगन २८ एम्पुल सहित पक्राउ गरेको छ ।

दुबैलाई नियन्त्रणमा लिएर चितवन जिल्ला अदालतबाट लागुऔषध सम्बन्धि कसुरमा म्याद थप गरि आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।