प्रहर खबर
 २०८३ कार्तिक ५, बुधवार    

मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु

२०८० पौष ७, शनिबार १३:४२ बजे

हेटौंडा – मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा बारामा दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–१३ बलिरामपुर टोल बस्ने २२ वर्षे कुन्दन मेहता खत्री र वडा –१२ सितलपुर टोलका २२ वर्षे अभिमनु कुसवाहा रहेका छन् ।

कलैयाबाट वीरगन्जतर्फ जाँदैगरेको मधेस प्र।०३–०३०–प ४३९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान १२ः१० बजे प्रसौनी गाउँपालिका –२ दुधौरा खोलाको पुलमा साइडको पिलरमा ठोक्किँएर दुर्घटना हुँदा खत्री र कुसवाहा गम्भीर घाइते भएका थिए । घाइते खत्रीको उपचारको क्रममा एसएल न्युरो अस्पताल परवानीपुरमा र कुसवाहाको नेशनल मेडिकल कलेज वीरगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सांकेतिक तस्बीर