प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रचण्डलाई श्रमदानको लागि हर्क साम्पाङको निम्तो, यस्तो आयो प्रतिक्रिया

२०७९ श्रावण ३१, मंगलबार १४:२३ बजे

काठमाडौं – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई श्रमदान गर्न आउने निम्तो दिएको बताएका छन् ।

प्रचण्डसंगको भेटवार्तापछि आफ्नो फेसबुकमार्फत मेयर साम्पाङले सर्दु खोलामा श्रमदान गर्न आउने निम्तो दिएको बताएका हुन् ।

उनले खेलेका छन्,“आज प्रचण्डसंग भेट भयो, मैले उहाँलाई सर्दु खोलामा श्रमदान गर्न आउने निम्तो दिएँ ! उहाँले "हुन्छ" भन्नु भो ! हेरौँ कहिले आउनु हुन्छ !” 

विभिन्न स्थानीय समस्या सम्बोधनका लागि काठमाडौं आएका धरानका मेयर साम्पाङ र प्रचण्डबीच मंगलबार खुमलटारमा भेटघाट भएको थियो । प्रचण्ड सचिवालयका अनुसार साम्पाङले अध्यक्ष प्रचण्डसँग धरानको विकास र सम्बृद्धिका विषयमा छलफल भएको थियो ।