प्रहर खबर
 २०८३ कार्तिक ८, शनिवार    

कन्टेनरभित्र पुरुषको शव फेला

२०७९ श्रावण २४, मंगलबार ०७:३८ बजे

काठमाडौं – रोकिराखेको कन्टेनरभित्र पुरुषको शव फेला परेको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका–८ मा रोकिराखेको ना ३ ख ४७४३ नम्बरको कन्टेनरभित्र आन्दाजी ४५/५० वर्षीय पुरुषको शव फेला परेको हो ।

मृतकको पहिचान नखुलेको छैन । चार दिनदेखि सडक किनारमा रोकेर कन्टेनरको  चालकसँगैको अगाडिको सिटमा शव भेटिएको प्रहरीले जनाएको छ । कन्टेनरको ढोका भित्रबाट लक गरेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।