प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बन्दुकसहित ज्वाई–ससुरा पक्राउ

२०८० चैत्र २०, मंगलबार २०:४८ बजे

हेटौंडा – भरूवा बन्दुकसहित ससुरा र ज्वाई पक्राउ परेका छन् । रौतहटको चन्द्रपुर नगरपालिका–१ पौराईबाट अवैध भरूवा बन्दुक १ थानसहित मंगलबार बिहान पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीय शेरब सिंह गोले र उनकै ज्वाई नाता पर्ने ३५ वर्षीय धर्मजित स्याङतान रहेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चपुर र प्रहरी चौकी पौराईबाट खटिएको प्रहरीले गोलेको घर तलासी गर्दा भकारीभित्र लुकाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।