काठमाडौं – साफ यू–२० च्याम्पियनसिप फुटबलमा नेपालले अहिले साविक विजेता भारतविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी खेलमा नेपालको पोष्टमा भारतले गोलको बर्षा गरेको छ ।
७७ मिनेटको खेल सकिदा भारतले नेपालविरुद्ध ६–० गोलको अग्रता बनाएको छ । पहिलो हाफमा एक गोल गरेको भारतले दोस्रो हाफमा पाँच गोल गरेको हो ।