प्रहर खबर
 २०८३ कार्तिक ७, शुक्रवार    

उडिरहेको जहाजमा चुरोट सल्काएपछि...

२०७९ असार २९, बुधबार १५:०७ बजे

धनगढी – जहाज उडिरहेको अवस्थामा चुरोट सल्काउने कैलालीको टीकापुरका एक व्यक्ति पक्राउ परेका छन्। टीकापुर नगरपालिका ११ बस्ने २९ वर्षीय नारायण उपाध्यायलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो।


बुद्ध एयरको काठमाडौं–धनगढी उडानमा यात्रा गरिरहेका उपाध्यायले बुधबार दिउँसो ३ बजे जहाज उडिरहेकै समयमा शौचालयमा पसेर चुरोट सल्काएको र यात्रुलाई समेत धम्की दिएको भन्दै बुद्ध एयरको धनगढी कार्यालयले निवेदन दिएपछि उनलाई पक्राउ गरिएको हो।

उपाध्यायलाई प्रहरी नायब निरीक्षक समुद्रकेशर पन्तको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको जनाइएको छ। नेपाललाइभबाट