हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.४ स्कुलरोडमा सोमबार बिहान स्कुटरले पार्किङ्ग गरेर राखेको कारमा ठक्कर दिंदा एक जना घाइते भएका छन् । घाइते हुनेमा स्कुटर चालक हेटौंडा उपमहानगरपालिका–५ सानोपोखरा बस्ने २४ बर्षीय प्रकाश बल रहेका छन् ।
बागमती प्रदेश ०३ ००५ प ४२२२ नम्बरको स्कुटीले हेटौंडा–४ स्कुलरोडमा पार्किङ गरेर राखेको प्रदेश ३–०१ ०२२ च ४८०२ नम्बरको कारलाई ठक्कर दिदा स्कुटर चालक बल घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार घाइते बलको टाउको, हात र खुट्टामा चोट लागेको छ । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्कुटर र कार प्रहरीको नियन्त्रणमा रहेको छ ।