हेटौंडा – मोटरसाइकल र पिकअप गाडी आपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । कपिलबस्तुको शिवराज नगरपालिका ५ खैरीमा लु ५७ प ५८०३ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०१ ०२५ च ९२४४ नम्बरको पिक अप गाडी आज बिहान साढे ६ बजे आपसमा ठक्कर खाएको थियो ।
मृत्यु हुनेमा अर्घाखाचीको सितगंगा नगरपालिका १० का ४५ वर्षीय चन्द्रमणी ज्ञवाली रहेका छन् । गम्भीर घाइते भएका चन्द्रमणीको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुबै सवारी साधन र गाडी चालकलाई वडा प्रहरी कार्यालय चन्द्रौटाले नियन्त्रणमा लिएको छ ।