काठमाडौं – जनकपुरमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने प्रयास भएको छ ।
शनिबार जनकपुर विमानस्थलबाट जनकपुर–जयनगर रेल चढ्न जाने क्रममा उनलाई जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका कार्यकर्ताले कालो झण्डा देखाउने प्रयास गरेका हुन् ।
जनकपुर विमानस्थलबाट उनी गाडीमा अगाडि बढेपछि नजिकै सडकमा कालो झण्डा लिएका युवा देखिएका थिए । तर प्रहरीले उनीहरूलाई तुरुन्तै नियन्त्रणमा लिएको थियो ।