हेटौंडा – कैलालीको गोदावरी नगरपालिका १ धनगढी रोडमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक कैलालीकै कैलारी गाँउपालिका ९ बस्ने २७ वर्षिय विरेन्द्र मल्ल रहेका छन् । उनको उपचारको क्रममा प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा मोटरसाईकलमा सवार २६ वर्षिय जिवन देउवा घाईते भएका छन् । उनको पद्मा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । गएराति पौने ९ बजे मल्लले चलाएको सुदुरपश्चिम प्रदेश ०१ ००९ प १३९६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा पल्टिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ ।