काठमाडौं – आइसीसी विश्वकप लिग टू त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबियाले नेपाललाई २२१ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङमा उत्रिएको नामिबियाले ४७.३ ओभरमा सबै विकेट गुमाउँदै २२० रन बनाएको हो।
नामिबियाका लागि जान निकोल लफ्टी एटोनले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ६० रन बनाउँदा डिभन ले ककले ४१ रन बनाए। त्यस्तै कप्तान गेरहार्ड एरासमसले २२ रन बनाउँदा क्राइग विलियम्सले २१, डेभिड विसे र लो-हान्द्रे लोउरेन्हसले समान १८ रन बनाए।
बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिँदा सोमपाल कामीले २ तथा करण केसी र दीपेन्द्रसिंह ऐरी र बसीर अहमेदले समान १ विकेट लिए।