प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

होटलमा एक पुरुष र महिला मृत फेला

२०७९ श्रावण ३१, मंगलबार ०६:४३ बजे

काठमाडौं– बुटवल उपमहानगरपालिका–२ स्थित फूलबारीचोकमा रहेको कारिकोट होटलमा एक पुरुष र एक महिला मृत भेटिएका छन्। मृत भेटिनेहरुमा धादिङ घर भएका अन्दाजी ३५ वर्ष जतिका सीताराम भुजेल र र अर्की एक महिला मृत भेटिएका हुन्। अन्दाजी २५ वर्ष जतिकी महिलाको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रहरीका अनुसार भुजेल सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् भने महिलाको शव पलङमाथि भेटिएका छन्। उनीहरु आइतबार राति उक्त होटलमा बस्न आएका होटल सञ्चालकले बताएका छन्। दुवै जनाको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाएर घटनाको अनुसन्धान प्रहरीले सुरु गरेको छ।