हेटौंडा – साइकल पल्टिदा एक जनको मृत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका १८ मा बुधबार बेलुका साइकल पल्टिदा चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा साइकलयात्री मोरङकै जहदाका ४६ वर्षीय दिपचन शर्मा रहेका छन् । साइकलमा सवार उनी बुधबार बेलुकी पौने ८ बजे साइकल पल्टिदा कल्भट खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानी मोरङले जनाएको छ ।