हेटौंडा – कैलालीको गोदावरी नगरपालिका ९ बल्मीमा हायसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गौरीगंगा नगरपालिका ६ का ६५ वर्षीय केहुवा चौधरी रहेका छन् ।
बा ५ ख ४०३२ नम्बरको हाईसले पैदल हिडिरहेका चौधरीलाई बिहिबार बिहान ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सवारी साधन सहित चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।