प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ट्याक्टर दुर्घटना हुँदा बिकासको ज्यान गयो

२०७९ कार्तिक ४, शुक्रबार १४:४२ बजे

हेटौंडा – उदयपुरको त्रियुगा नगरपालिका १५ दहरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका १३ असारीका २२ बर्षिय बिकाश राई रहेका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा परी गम्भिर घाईते भएका राईको उपचारको क्रममा आज बिहान पौने ११ बजे जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो । प्रदेश २ (०१(००१ त १०३३ नम्बरको ट्याक्टर बिहान साढे ९ बजे अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।