प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

वडा सचिव पन्त मृत भेटिए

२०८० भाद्र २६, मंगलबार ०३:०७ बजे

काठमाडौं – वडा सचिव खगेन्द्रप्रसाद पन्त मृत अवस्थामा फेला परेका छन् । डडेलधुराको अमरगढी नगरपालिका वडा नम्बर १ का सचिव ५८ वर्षीय पन्त मृत अवस्थामा फेला परेका हुन् ।

अमरगढी नगरपालिकाकै स्याउले नजिक उनी आज खाल्डोमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक कुसुम नायकले बताए । पन्तको से ५ प २८०३ नम्बरको मोटरसाइकल पनि खाल्डोमै भेटिएकाले दुर्घटनामा मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको छ ।

पन्तको घर बैतडीको पाटन नगरपालिका १ हो । पन्तको शव अहिले डडेलधुरा अस्पतालमा लगिएको छ भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।